प्रधानमन्त्रीको दिग्दारी– ‘अचानो जस्तो भयौँ, अहिले छोड् भोलि छोड् भन्ने दबाब आइरहन्छ’

लोकपथ
147
Shares

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बंगलादेश बन्न दिन नहुने बताएकी छन् ।

काठमाडौंमा आयोजित भए कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले नेपाललाई बंगलादेश बनाउन दिन नहुने बताउँदै अन्तरिम सरकार अचानो जस्तो बनेको टिप्पणी गरिन् ।

राजनीतिक दल र जेनजीका समूहहरुले दिनदिनै सरकार छोड् भन्दै गालीगलौज गर्ने गरेको बताइन् । उनले सबैतिरबाट गाली आएको भन्दै दिग्दारी व्यक्त गरिन् ।

उनले भनिन्, ‘हामी अचानो जस्तो पो रहेछौँ । राजनीतिक दलले पनि गाली गर्छ । मारले गाली गर्छ । अहिले छोड, भोलि छोड भन्छ । जेनजीले पनि आजै छोड, भोलि छोड, पर्सि छोड भन्छ । छोडौँ भने के छोडौँ, छोडेको भोलिपल्ट, थुक्क, पालो त दिएको थियो नि तिमीहरुलाई एउटा, तिमीहरुको औकात त छोडेर हिँड्ने न रहेछ, के गर्‍यौँ भन्ने भाष्य आउँछ । हामी त पेण्डुलम जस्तो भयौँ । त्यही पनि सकस गरेर, मेहनत गरेर, बहुत धैर्य धारण गरेर काम गर्दैछौँ । निर्वाचन किन चाहियो भन्ने भाषा पनि आएको छ, युवाहरुमा । कतै जाँदा सुख नहुने अवस्था अहिले हाम्रो छ । हाम्रो बारेमा पनि कथा लेख्नुस् । २५ वटा ३० वटा जेनजी समूहहरु हुनुहुन्छ । एउटाले एउटा काम, अर्कोले अर्को काम गर भन्नुहुन्छ । मुलुक बंगलादेश नहोस् भन्ने सुरमा हामी छौँ । बंगलादेश चाहीँ नहोस् ।’

प्रधानमन्त्री कार्कीले कतै जाँदा पनि सुख नहुने अवस्थामा आफूहरु रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?