काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारका रुपमा सिफारिस भएकी छन् ।
नेकपा माओवादी केन्द्रले दाहाललाई चितवन क्षेत्र नं ३ बाट उम्मेदवार सिफारिस गरेको हो ।
दाहालको नाम सो क्षेत्रबाट एकल रुपमा सिफारिस भएको हो । गत निर्वाचनमा सो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विक्रम पाण्डे निर्वाचित भएका थिए ।
चितवन क्षेत्र नं ३ ले भक्तपुर महानगरपालिकाको सबै क्षेत्र ओगटेको छ । जसकारण सो क्षेत्रमा दुई दुई पटक मेयर निर्वाचित भएर राम्रो काम गरेको चर्चा बटुलेकी दाहाललाई उम्मेदवारको रुपमा हेरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया