बयान दिन जान तयार भए रमेश लेखक

लोकपथ
175
Shares

काठमाडौं । तत्कालीन गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जान तयार भएका छन् ।

जेनजी आन्दोलनका क्रममा गृहमन्त्री रहेका लेखकलाई बयानका लागि गौरीबहादुर कार्की नेतृत्वको समितिले जाँचबुझका लागि बोलाएको थियो ।

जेनजी प्रदर्शनको झण्डै ४ महिनापछि लेखक बयान दिन जान तयार भएका हुन् । बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग बोल्दै आफू बयान दिन जाने बताए ।

‘भाद्र २३ र २४ गतेको घटनाको बारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाका बारेमा जानकारी लिन मलाई बोलाएको छ । र मैले आयोगमा जाने निर्णय गरेको छु,’ उनले भने ।

त्यस्तै पत्रकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि केही छलफल ? भन्दै प्रश्न गरेका थिए । तर लेखकले सो विषयमा प्रवेश गर्न चाहेनन् । उनले संक्षिप्तमा भने, ‘मैले जाने निर्णय गरेको छु । आयोगमा जान्छु ।’

लेखकका अनुसार आयोगले शुक्रबार (भोली) का लागि बोलाएको थियो । तर आफूले भने पुस १४ गते सोमबार बयान दिन जाने खबर गरेको जानकारी दिएको बताए ।

‘उहाँहरुले भोलि (शुक्रबार) का लागि बोलाउनु भएको रहेछ । मैले सोमबार पुस १४ गते जाने निर्णय गरेको छु,’ उनले भने ।

यता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भने आफू बयान दिन नजाने अडानमा रहेका छन् । ओलीले केही दिनअघि आफूमाथि बयान लिने वा अन्य गतिविधि भएमा सरकार ढाल्नेदेखि देश ठप्प पार्नेसम्मका चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?