रविलाई प्रश्न– ‘बालेनले लौरो समाउँछन् कि घण्टी बजाउँछन् ?’

लोकपथ
245
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेन्द्र शाह (बालेन)सँगको वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

ललितपुरस्थित बालेनका सहयोगी कुमार बेनको घरमा वार्तापछि निस्किने क्रममा रविले सो प्रतिक्रिया दिँदै वार्ता सकारात्मक भएको बताए । यद्यपि रविले बाँकी कुरा भने बताउँन चाहेनन् ।

सो क्रममा सञ्चारकर्मीहरुले ‘बालेनले घण्टी बजाउने कि लौरो समाउने ?’ भन्दै प्रश्न गरेका थिए । रविले त्यो समयले बताउने प्रतिक्रिया दिँदै वार्ता स्थलबाट बाहिरिए ।

वार्तामा भएको कुराबाट थप पत्रकारले प्रश्न गर्दा रविले ‘मेरो अनुहारले के बताउँछ ?’ भन्ने प्रतिप्रश्न गरेका थिए ।

आगामी निर्वाचनमा एक भएर जाने गरी रास्वपा र बालेनको समूह तयारीमा जुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?