रवि र बालेनको वार्तामा अमरेशको ‘ईन्ट्री’

लोकपथ
140
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिचको वार्ता जारी छ ।

ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा जारी वार्ताले त्यस क्षेत्रमा चहलपहल बढिरहेको छ ।

भित्र वार्ता चलिरहँदा बाहिर पनि चहलपहल बढिरहेको छ । सो क्रममा निवर्तमान सांसद डा. अमरेश कुमार सिंह वार्तास्थलमा पुगेका छन् । उनी सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया नदिइ सरासर वार्तास्थल पुगेका हुन् ।

त्यस्तै निर्देशक विशला भण्डारी, कलाकार अर्जुन घिमिरे ‘पाँडे’ पनि त्यहाँ पुगेका छन् । त्यस्तै अन्य व्यक्तिहरु आउजाउ चलिरहेको छ । बालेन आगामी निर्वाचनमा सहभागि हुने तयारीका साथ राजनीतिक भेटघाटलाई अघि बढाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?