अध्यक्ष ओलीको दाबी– ‘शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ’

लोकपथ
63
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाए निर्वाचनमा जान पार्टी तयार रहेको बताएका छन् ।

पार्टीको ११औँ महाधिवेशनका स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्न बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनको वातावरण बने एमाले बहुमतसहित चुनाव जित्ने दाबी गरे ।

उनले स्वतन्त्र, निष्पक्ष र धाँदलीरहित निर्वाचन होस् भन्ने एमालेको चाहना रहेको उल्लेख गर्दै सरकारमा त्यसप्रति आवश्यक जिम्मेवारीबोध नदेखिएको टिप्पणी गरे ।

अध्यक्ष ओलीले भने, ‘हामी जस्तो परिस्थिति आउँछ, त्यसरी नै जाने हो । यदि सरकारले निर्वाचनको वातावरण बनाउँछ भने हामी निर्वाचनमा सहभागी हुन्छौँ, बहुमत ल्याउँछौँ र चुनाव जित्छौँ । हामी त स्वतन्त्र, निष्पक्ष र धाँदलीरहित चुनावको पर्खाइमा छौँ । तर यो सरकारमा त्यो जिम्मेवारीबोध देखिँदैन ।’

उनले एमाले परिस्थितिअनुसार अगाडि बढ्ने स्पष्ट पार्दै निर्वाचनको वातावरण बनाउन सरकारले चासो नदेखाएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?