काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ बिचको वार्ता जारी छ ।
ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेनको निवासमा वार्ता जारी रहेको हो ।
निर्णायक मानिएको वार्ता चलिरहँदा जेनजी आन्दोलनपछि चर्चामा आएका हामी नेपाल एनजीओका सञ्चालक सुदन गुरुङ पनि पुगेका छन् । सुदन उक्त वार्तामा नभए पनि बाहिर गेटमा ताला लगाएर बसेका छन् ।
उनले एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै भित्र दुई नेताहरुबिच वार्ता चलिरहेको र वार्ता सम्पन्न नहुँदासम्मका लागि ढोकाको ताला नखुल्ने बताए ।
‘हाम्रो दुई जना नेताहरु भित्र हुनुहुन्छ । जबसम्म दुई जना मिल्नु हुँदैन तबसम्म यो गेट खोलिँदैन । हामीले यहाँ ताला लगाएर राखेका छौँ । हामी चाँही यहाँ गाड बसेका छौँ, कोही पनि बाहिर जाँदैन र कोही पनि भित्र जान पाउँदैन । कुरा नमिल्दासम्म हामी यत्तिकै हो,’ उनले भनेका छन् ।
त्यसो त रवि र बालेनबिच यसअघि पहिलोपटक सोमबार लामो वार्ता भएको थियो । सो भेटपछि रविले आफूहरुले बालेनसँग् मात्र नभएर कुलमान घिसिङ र सुदन गुरुङहरुसँग समेत छलफल गरेर अघि बढ्ने तयारी रहेको प्रतिक्रिया दिएका थिए ।
त्यसो त आजै नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले समेत बालेनलाई भेटेका थिए । रवि–बालेनको वार्तापछि आजै कुलमानसँग समते भेट्ने तयारी रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया