रवि र बालेनबिच ‘वान टू वान’ वार्ता

लोकपथ
196
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ बिचको वार्ता जारी छ ।

ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेनको निवासमा वार्ता जारी रहेको हो ।

यसअघि सोमबार राति करिब ७ घण्टा भेटेका रवि–बालेनबिच आगामी निर्वाचनमा एक भएर जाने सहमति भएको थियो ।

बालेन केहीदिनदेखि रविसहित वैकल्पिक शक्तिहरुसँग छलफलमा रहेका छन् । त्यसो त बालेनले उज्यालो नेपाल पार्टी बनाएका उर्जामन्त्री कुलमान घिसिङसँग समेत छलफल गरेका छन् ।

आजै जेनजी आन्दोलनपछि चर्चामा आएका हामी नेपाल नामक एनजीओका सञ्चालक सुदन गुरुङ समेत बालेनसँग भेटका लागि पुगेका छन् ।

रविले आफूहरुले सबै वैकल्पिक शक्तिहरुलाई एक बनाएर लैजाने तयारी गरेको प्रतिक्रिया दिएका थिए । त्यसो त आजै नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले समेत बालेनसँग भेटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?