काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । बुधबारबाट सुरु भएको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
हिजोको बैठकमा पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने विषयमा छलफल भएको थियो । बैठकमा सहभागी अधिकांश सदस्यहरूले महाधिवेशनको कार्यतालिका व्यवहारिक बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
बैठकमा महामन्त्री गगनकुमार थापाले महाधिवेशन प्रक्रिया र क्रियाशील सदस्यतासम्बन्धी विषयमा ब्रिफिङ गरेका थिए । उनले वडा र क्षेत्रीय अधिवेशन सम्पन्न गरी सिधै केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।
थापाले अघि सारेको प्रस्तावमाथि नेताहरूको धारणा राख्ने क्रम आजको बैठकमा पनि जारी रहने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया