काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबिच एकता हुने भएको छ ।
खासगरी जेनजी आन्दोलनपछि थप नजिकिएका लिङ्देन र थापा पार्टी एकीकरणको दिशामा अघि बढेका हुन् । पार्टी एकताका लागि सहमतिपत्रमा बुधबार (आज) साँझ ७ बजे हस्ताक्षर गर्ने तयारी रहेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले लोकपथलाई जानकारी दिए ।
‘राप्रपा र राप्रपा नेपालबिच आज ७ बजे पार्टी कार्यालय धुम्बाराहीमा एकताका लागि सहमति पत्रमा हस्ताक्षर हुनेछ,’ उनले भने ।
त्यस्तै सहमतिका लागि बाँकी काम समेत सम्पन्न भइसकेको छ । त्यसो त एकता घोषणा सभा भने केही दिनमा हुने उनले बताए ।
‘आज सहमति पत्रमा हस्ताक्षर मात्रै हुनेछ, एकता घोषणा कहिले र कहाँ गर्ने भन्ने भने निक्र्यौल हुनै बाँकी छ,’ प्रवक्ता श्रेष्ठको भनाइ छ ।
०७८ सालमा पार्टीको महाधिवेशनपछि कमल थापाले अध्यक्षमा हारेपछि विभिन्न आरोप लगाउँदै नयाँ पार्टी खोलेका थिए ।
टुटफुटको इतिहास बोकेको राप्रपा यसअघि पनि पटकपटक फुट्दै जुट्दै गरेको दल हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया