सानेपामा कांग्रेस कार्यसम्पादन समितिको बैठक

लोकपथ
154
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बसेको छ ।

पार्टी मुख्यालय सानेपामा केहीबेरअघि बैठक सुरु भएको हो ।

बैठकमा खासगरी आगामी १५औँ महाधिवेशन, राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

नेपाली कांग्रेसले आगामी पुस २६ गतेबाट २८ गतेसम्म १५औँ महाधिवेशन गर्दैछ । तर क्रियाशील सदस्यता टुंगो नलाग्दा महाधिवेशनको मिति नै केही दिन सार्ने तयारी गरेको समेत बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?