प्रतिनिधिसभा निर्वाचन : कमल थापा दुई क्षेत्रबाट सिफारिस

लोकपथ
161
Shares

 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नं ५ र बाँके क्षेत्र नं २ बाट उम्मेदवारका रूपमा सिफारिस भएका छन् ।

राप्रपा नेपाल काठमाडौं क्षेत्र नं ५ को क्षेत्रीय कार्यसमिति बैठकले थापाको नाम प्रत्यक्षतर्फ एकल सिफारिस गरेको हो । साथै समानुपातिकतर्फ जयकुमार खड्का, अर्जुन नेपाली र सुनिता कुरुङ्ग्वाङ्गको नाम सिफारिस गरिएको छ ।

यसैगरी बाँके निर्वाचन क्षेत्र नं २ बाट पनि थापाको नाम सर्वसम्मत रूपमा प्रत्यक्षतर्फ सिफारिस भएको पार्टीले जनाएको छ ।

पार्टी केन्द्रीय सचिवालयका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका क्षेत्रीय कार्यसमितिहरूबाट उम्मेदवार सिफारिस गर्ने प्रक्रिया सम्पन्न भइसकेको छ । सिफारिस भएका नामहरूलाई अन्तिम टुंगो लगाउन केन्द्रीय तहमा छलफल गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?