सुनको मूल्यमा लगातार चौथो दिन पनि नयाँ रेकर्ड, चाँदीको के भयो ?

लोकपथ
406
Shares

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका  अनुसार आज छापावाला सुन प्रतितोला ९ सय रुपैयाँले वृद्धि भएको हो । 

अघिल्लो दिन २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ९ सय रुपैयाँले बढेर  २ लाख ६८ हजार  १ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  यो मूल्य हाल सम्मको उच्च हो । 

त्यस्तै  आज चाँदीले पनि नयाँ रेकर्ड बनाएको छ । महासंघका  अनुसार आज चाँदी तोला  १६५ रुपैयाँले वृद्धि  भएर  ४ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ  ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?