गरगहना चोरीको आरोपमा सुन पसले पक्राउ

लोकपथ
420
Shares

काठमाडौं । सुनका गरगहना चोरीको आरोपमा सुन पसलेलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिकाका ५४ वर्षीय विकाश लकाई रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले लकाईलाई सोमबार बिहान ११ बजे पक्राउ गरेको हो ।

गत मंसिर २ गते साँझ ६ बजेको समयमा काठमाडौं महानगरपालिका–१६ बालाजु बाईपासस्थित एक घरबाट सुनका गरगहना चोरी गरेको उजुरीका आधारमा प्रहरीले उनको खोजी गरिरहेको थियो ।

लकाईले काठमाडौं महानगरपालिका–१५ डल्लुस्थित सीता ज्वेलर्स सञ्चालन गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?