काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा उच्चस्तरीय भेटघाट सुरु भएको छ ।
जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीसहित शीर्ष नेताहरुको पहिलो भेट भएको हो ।
राष्ट्रपति पौडेलसँग भेट्न प्रधानमन्त्री कार्कीसहित तीन दलका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पुगेका हुन् ।
त्यसो त जेनजी आन्दोलनपछि प्रधानमन्त्रीको जिम्मेवारी पाएकी कार्कीले पुराना दलका शीर्ष नेताहरुसँग भेट नगर्ने अडान कायम गरेकी थिइन् । तर निर्वाचनको मिति नजिकिँदै जाँदा त्यसका लागि राजनीतिक दलहरु सकारात्मक नबन्दा प्रधानमन्त्री कार्की दलका शीर्ष नेताहरुसँग समेत छलफलमा सरिक भएकी हुन् ।
यसअघि नै प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मले दलका दोस्रो तहका नेताहरुसँग छलफल गरिसकेका छन् । जेनजी आन्दोलनपछि राष्ट्रपति र प्रधानमन्त्रीसँग शीर्ष नेताहरुको पहिलो भेट हो ।
जेनजी आन्दोलनपछि देखिएको राजनीतिक रिक्तताकाबिच भएको भेटलाई सकारात्मक रुपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया