राष्ट्रपतिसँगको भेटमा तीन शीर्ष नेतासहित प्रधानमन्त्री पनि सहभागि हुने

लोकपथ
672
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीसहित शीर्ष तीन दलका नेताहरुको भेटघाट हुने भएको छ ।

सुरुमा राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने तय भएको थियो ।

तर अन्तिममा प्रधानमन्त्री कार्की पनि बैठकमा सहभागि हुन लागेकी हुन् ।

त्यसो त जेनजी आन्दोलनपछि प्रधानमन्त्रीको जिम्मेवारी पाएकी कार्कीले पुराना दलका शीर्ष नेताहरुसँग भेट नगर्ने अडान कायम गरेकी थिइन् । तर निर्वाचनको मिति नजिकिँदै जाँदा त्यसका लागि राजनीतिक दलहरु सकारात्मक नबन्दा प्रधानमन्त्री कार्की दलका शीर्ष नेताहरुसँग समेत छलफलमा सरिक हुन लागेकी हुन् ।

यसअघि नै प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मले दलका दोस्रो तहका नेताहरुसँग छलफल गरिसकेका छन् । जेनजी आन्दोलनपछि राष्ट्रपति र प्रधानमन्त्रीसँग शीर्ष नेताहरुको पहिलो भेट हो ।

आज केहीबेरमा राष्ट्रपति कार्यालय शीतल निवासमा भेट हुने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?