सरकारविरुद्ध माइतीघरमा आज पनि जेनजीको नाराबाजी : ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ [तस्बिरहरु]

लोकपथ
119
Shares

 काठमाडौं । जेनजी विद्रोहका मागहरू पुरा नभएको भन्दै मिराज ढुंगाना नेतृत्वको जेनजी पुस्ता समूहले मंगलबार पनि सरकारविरुद्ध प्रदर्शन जारी राखेका छन् ।

सरकारले जेनजी विद्रोहको भावनाअनुरुप अगाडि नबढेको भन्दै उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन जारी राखेका हुन् । 

यसअघि सोमबार भएको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीमाथि धरपकड गर्दै जेनजी अगुवा मिराज ढुंगाना लगायतलाई नियन्त्रणमा लिएको थियो । 

प्रदर्शनकारीहरूले ‘जेनजीको माग हरायो, निर्वाचन भनी करायो’, ‘अतिभो राजनीतिक खेल, आमा सरकार फेल’, ‘घाइतेका माग पूरा गर’, ‘जेनजीको माग चुनाव होइन सुशासन हो’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन् । 

केही जेनजी समूहहरुले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, जेनजी विद्रोहमाथि भएको दमनमा संलग्नहरूलाई कारबाही गर्नुपर्ने माग राख्दै आएका छन् । आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?