दुर्घटनापछि अवरुद्ध सडक सञ्चालनमा

धुलिखेल, २२ कात्तिक – टिपरको ठक्करबाट मृत्यु भएका बालकका परिवारलाई रु दश लाख क्षतिपूर्ति दिने सहमति भएपछि अवरुद्ध अरनिको राजमार्ग आज अपराह्नबाट सञ्चालनमा आएको छ पीडित पक्षसँग दश लाख क्षतिपूर्ति दिने सहमति भएपछि राजमार्ग सञ्चालनमा आएको काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताउनुभयो । पीडित पक्षले दोषीलाई कारबाही र क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै राजमार्ग अवरुद्ध गरेका थिए पाँचखाल नगरपालिका–४ तामाघाटमा आज बिहान बा ४ ख ३२६८ नंको टिपरको ठक्करबाट पाँचखाल–९ का साढे दुई वर्षीय रामबहादुर कुँवरको घटनास्थलमा नै मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?