रवि र बालेनको भेटवार्तापछि असिम शाहले भने : ‘अन्ततः कथाको सुखद सुरुवात भयो’

लोकपथ
119
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य असिम शाहले रवि लामिछाने र बालेन शाहबिच भएको वार्तालाई ‘कथाको सुखद सुरुवात’  भएको बताएका छन् । 

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै शाहले लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन दुई दाजु भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’

सोमबार राति रास्वपा सभापति लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख शाहबिच कमलपोखरीस्थित असिम शाहकै घरमा लामो भेटवार्ता भएको थियो । 

 करिब पाँच घण्टा चलेको छलफल सोमबार साँझ ८ बजेदेखि मंगलबार बिहान १ बजेसम्म निरन्तर भएको हो ।

भेटवार्तामा रास्वपाको तर्फबाट सभापति रवि लामिछानेसँगै उपसभापति डिपी अर्याल सहभागी थिए भने बालेन समूहबाट मेयर बालेन शाहसहित वार्ता समिति संयोजक कुमार बेन उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?