काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन उल्लंघन गरेको आरोपमा तीन वटा फर्मलाई नगद जरिवाना गरेको छ ।
विभागका अनुसार काठमाडौंको कोटेश्वरस्थित होटल ब्लिस्फुल प्रालिलाई ५० हजार रुपैयाँ, गोल्मादेवी भोजनालय एण्ड लजलाई ५ हजार रुपैयाँ र चडेश्वरी नेवारी खाजा घरलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको हो ।
ती फर्महरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम कसुर ठहर गर्दै सोही ऐनको दफा ३९९१० अनुसार कारबाही गरिएको विभागले जनाएको छ ।
यसैगरी, विभागले अन्य ११ वटा फर्मको स्थलगत अनुगमन तथा निरीक्षण गरी सुधारात्मक निर्देशन दिएको छ । कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री–वितरण रोक्ने तथा उपभोक्ता हित संरक्षण गर्ने उद्देश्यले नियमित रूपमा बजार अनुगमन भइरहेको विभागले स्पष्ट पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया