सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

लोकपथ
0
Shares
सांकेतिक फाइल तस्बिर

काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ ।

उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस्तादेखि बस्दै आएपनि लालपुर्जा नभएको स्थानीय ५५ वर्षीय सेवक सदाले बताए ।

उनका अनुसार ७५ घर परिवार रहेको मुसहर बस्तीको कुनै परिवारसँग आफ्नो जग्गाको लालपुर्जा छैन ।

सोही बस्तीमा पाँचौँ पुस्ता बसोबास गर्दै आइरहेको बताउहुनने २२ वर्षीय शोभेन्द्र सदाका अनुसार यस बस्तीमा वृद्धवृद्धा, वयस्क महिला, पुरुष तथा बालबालिका सबै गरेर ३७० जनसङ्ख्या रहेको छ ।

बस्तीकै ५० वर्षीय शङ्कर सदाले आफूहरुले हालसम्म लालपुर्जा प्राप्त नगरेको र यसले के काम गर्छ भनेर समेत थाहा नभएको बताए ।

अभावै अभाव र जोखिमपूर्ण जीवन बाँचिरहेका मुसहरहरुको आफू बस्ने घरबाहेक अरु जग्गा जमिन नरहेको र भएका जग्गाको समेत लालपुर्जा नभएको वडाध्यक्ष अब्दुल गफार राईनले बताए । उनकाअनुसार त्यस बस्तीमा कसैको दुई धुर, कसैको चार धुर र कसैको एक धुर जग्गा छ । तर अब चाँडै उनीहरुलाई लालपुर्जा वितरणको पहल गर्ने उनले बताए ।

एक वर्षअघि मात्रै खटिआएको नापी टोलीले आफ्नै अगुवाइमा बस्तीको जग्गा नापजाँच गरेर गइसकेको र चाँडै आवश्यक प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरिने वडाध्यक्ष राईनले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?