पुराना पार्टीलाई परास्त गरेर हाम्रो पार्टीले बहुमतसहित सरकार बनाउँछ : कुलमान घिसिङ

लोकपथ
350
Shares
फाइल तस्बिर

काठमाडौं । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।

मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवं कार्यालय उद्घाटन कार्यक्रममा उनले निर्वाचनका लागि आवश्यक तयारी भइरहको पनि बताए । एक महिना अघि मात्र सुरु गरिएको उज्यालो नेपाल अभियान हाल पार्टीमा रुपान्तरण भई सबैतिर पुगेको उनको भनाइ थियो ।

‘सत्तरी असी वर्ष पुराना पार्टीहरुलाई परास्त्र गरी बहुमत ल्याएर सरकार बनाउने ठुलो साहस यस पार्टीले गरेको छ,’ उनले भने ।

जेनजी आन्दोलन पश्चात गठित सरकारमा आफु सहभागी हुने अवसर प्राप्त गरेपछि विगतका मन्त्रीहरुको भन्दा फरक तरिकाले काम गरेको समेत उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?