‘दलका नेताहरुमाथि स्थानहद तोकेर कसरी हुन्छ भयरहित वातावरणमा निर्वाचन ?’

लोकपथ
154
Shares
प्रधानमन्त्रीले आह्वान गरेको सर्वपक्षीय बैठकमा आफ्नो धारणा राख्दै महेश बस्नेत

काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते निर्वाचन हुन्छ भन्ने विश्वसनीय आधार सरकारले दिन नसकेको बताएको छ ।

सोमबार प्रधानमन्त्री सुशीला कार्कीद्वारा आह्वान गरिएको निर्वाचन सम्बन्धि सर्वपक्षीय बैठकमा बोल्दै एमालेका सचिव महेश बस्नेतले सो कुरा बताएका हुन् ।

उनले दलका नेतामाथि स्थानहद लगाउने कुराले तोकिएको मितिमा निर्वाचन हुने विश्वास गर्न सकिने अवस्था नरहेको बताए । पूर्वमन्त्री समेत रहेका नेता बस्नेतले निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउने काममा सरकार केन्द्रित नभएको आरोप समेत लगाए ।

उनले भने, ‘निर्वाचन भयरहित हुनुपर्‍यो । निष्पक्ष हुनुपर्‍यो, धाँधलीरहित हुनुपर्‍यो । दलका नेतामाथि अहिले पनि स्थानहद लगाइएको छ । म नै हुँ, ५–७ जिल्ला जाँदा ढुंगा खाएर आएको मान्छे । हामीले ढुंगा खाएबापत खुशीयाली मनाएकै छ । त्यसकारण चुनाव २१ गते हुन्छ भन्ने कुरामा हामी विश्वस्त छैनौँ । र नो भोटको प्रावधान राखौ भन्ने पनि आएको छ । अब फागुन २१ मा चुनाव भएन र सर्‍यो भने संसद पुनःस्थापना हुन्छ कि के हुन्छ ? ६ महिना भन्दा बढि ग्याप त हामीले देखेका छैनौँ । अहिले लोकतान्त्रिक पद्धति मिचेर भटाभट अध्यादेश ल्याइरहनुभएको छ ।’

सचिव बस्नेतले सरकारले लोकतान्त्रिक पद्धति समेत मिचेर अध्यादेश ल्याउने काम गरिरहेको भन्दै आपत्ति समेत जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?