माइतीघरमा मिराज ढुंगाना समूहको प्रदर्शन, केही पक्राउ

लोकपथ
175
Shares

काठमाडौं । जेनजी प्रतिनिधि मिराज ढुंगाना समूहले काठमाडौंको माइतीघर क्षेत्रमा गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

मिराज ढुंगाना, रविकिरण हमाल, अजय सोडारीलगायत जेनजीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई प्रहरीको गाडीमा राखिएको छ । माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले प्रशासनको अनुमतिबेगर सरकारविरुद्ध नाराबाजी गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । 

प्रदर्शनकारीहरू सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनको मर्म र युवा पुस्ताको भावना बुझ्न नसकेको आरोप लगाउँदै १० बुँदे मागसहित सडक आन्दोलनमा उत्रिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?