प्रधानमन्त्री कार्कीले बोलाएको सर्वदलीय बैठकमा कुन दलबाट को को जाँदै छन् ? 

लोकपथ
875
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा विघटित प्रतिनिधिसभाका मुख्य दलहरूका दोस्रो तहका नेताहरू जाने भएका छन् । 

प्रधानमन्त्री कार्कीले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न आज सोमबार दिउँसो १ बजे सिंहदरबारमा सर्वदलीय बैठक बोलाएकी छन् ।

बैठकमा कांग्रेसबाट सहमहामन्त्री महेन्द्र यादव, नेकपा एमालेबाट महासचिव शङ्कर पोखरेल र केन्द्रीय सदस्य महेश बर्तौला, नेपाली कम्युनिस्ट पार्टीबाट राजेन्द्र पाण्डे र वर्षमान पुन,  राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र सोविता गौतम सहभागी हुने भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?