काठमाडौं । खराब मौसमका कारण देशभरका ४ बाहेक अन्य विमानस्थलहरू बन्द रहेका छन् । यति बेला पोखरा, सुर्खेत, भरतपुर र तुम्लिङटार विमानस्थल मात्रै सञ्चालनमा आएको छ ।
आन्तरिक वायुसेवामा ठुलो हिस्सा ओगटेको बुद्ध एयरले यी चार स्थानबाहेक अन्य विमानस्थलको मौसम खराबीका कारण उडान हुन नसकेको जनाएको छ । तुवाँलो र बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम हुँदा उडान र अवतरणमा समस्या भएको हो ।
मौसममा खराबीका कारण व्यस्त रहने भैरहवा, नेपालगन्ज, विराटनगर, भद्रपुर लगायतका विमानस्थलहरू समेत अझै खुल्न सकेको छैन ।
मौसममा केही सुधार हुँदै गएकाले विमानस्थल खुला हुने अपेक्षा गरिएको भए पनि अझै पनि यी चार स्थानबाहेक अन्य विमानस्थल अझै खुल्न नसकेको हो ।
मौसम सफा नहुँदा विगत केही दिनदेखि नियमित उडानमा समस्या हुँदै आएको छ । कतिपय विमानस्थलमा उडान नै हुन सकेको छैन भने अधिकांश विमानस्थलमा अपराह्न १२ बजेपछि मात्रै उडान हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया