काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको हालैको एक अन्तवार्ताप्रति आपत्ति जनाएका छन् ।
पूर्वमन्त्री समेत रहेका नेता ज्ञवालीले पूर्वराष्ट्रपति भण्डारीले नेपालमा राजतन्त्र फर्किन पनि सक्छ भन्दै दिएको अभिव्यक्तिप्रति कटाक्ष गरेका हुन् ।
पूर्वराष्ट्रपति भण्डारीले हालै एक टेलिभिजनमा दिएको अन्तर्वार्ता अनुसार उनले जनताले चाहेमा नेपालमा राजतन्त्र फर्किन सम्भव रहेको दाबी गरेकी थिइन् ।
सोही भनाईप्रति कटाक्ष गर्दै ज्ञवालीले प्रश्न गरेका छन्, ‘पूर्व राष्ट्रपतिज्यूले राजतन्त्र पुनस्र्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो । आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?’
त्यस्तै हालै सम्पन्न पार्टीको ११औँ महाधिवेशनपछि संस्थापन इतर पक्ष छुट्टै भेला गर्न लागेको भन्दै आपत्ति जनाए । पार्टीको महाधिवेशनको निर्णय अन्तिम फैसला रहेको बताउँदै यदी सोही निर्णयलाई नस्वीकारी महाधिवेशन पूर्वकै धारणा लिएर अघि बढ्न नहुने तर्क गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया