जेनजीको मिराज समूहले आज माईतीघरमा प्रदर्शन गर्दै, यी हुन् १० बुँदे माग

लोकपथ
448
Shares

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगाना समूहले आज विभिन्न माग राखेर प्रदर्शन गर्र्दैछ ।

ढुंगाना समूहले आइतबार पत्रकार सम्मेलन गरेर सरकारले जेनजीको माग पूरा गर्न नसकेको भन्दै आजबाट देशभर आन्दोलन गर्ने घोषणा गरेको थियो । उनीहरुले प्रधानमन्त्रीका रुपमा सुशीला कार्कीले १०० दिन उपलब्धीवीहिन ढंगले गुजारेको समेत आरोप लगाएका छन् । साथै सरकारले जेनजी आन्दोलनको मर्मलाई समेत बोक्न नसकेको उनीहरुको आरोप रहेको छ ।

‘आजको आवश्यकता यस्तो राजनीतिक नेतृत्वको हो, जसले सबै पक्षलाई विश्वासमा लिनसक्छ, संवाद गर्नसक्छ। न्याय दिन सकोस् र देशलाई शान्ति र स्थायित्व दिन सकोस्। यही माग आन्दोलनको सार हो। सर्वपक्षीय सरकार आजको आवश्यकता हो। हामीले १०० दिन देख्यौँ सरकारको, यसले हाम्रो आन्दोलनको मर्म बोक्दैन, यसले हाम्रो नेतृत्व गर्न सक्दैन,’ मिराजले पत्रकार सम्मेलनमा भनेका थिए ।

ढुंगानाले विभिन्न १० बुँदे माग राखेर विरोध प्रदर्शन गर्ने जनाएका छन् । उनीहरुले आफूहरुले गर्ने प्रदर्शन शान्तिपूर्ण हुने समेत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?