‘सर्वपक्षीय गोलमेच सम्मेलनमार्फत् संविधान संशोधन गरेर मात्रै निर्वाचनमा जाऔँ’

लोकपथ
273
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले वर्तमान संकटको समाधानका लागि मसंविधान संशोधन अपरिहार्य रहेको बताएका छन् ।

नेपालमा भएका विभिन्न परिवर्तनहरुको स्मरण गर्दै पूर्वमन्त्री समेत रहेका नेता केसीले प्रमुख राष्ट्रिय एजेन्डा हरुमा सहमतिका साथ संविधान संशोधन गर्नु अपरिहार्य रहेको बताए ।

सामाजिक सञ्जालमा लेख्दै नेता केसीले पूर्व प्रधानन्यायाधीश तथा राष्ट्रिय ख्याती प्राप्त व्यक्तिको नेतृत्वमा ‘संविधान सुधार सुझाव आयोग’ गठन गरी त्यसको सिफारिसका आधारमा गोलमेच सम्मेलनमार्फत् प्रमुख राष्ट्रिय एजेन्डा हरुमा सहमतिका साथ संविधान संशोधन गर्नु आवश्यक्ता रहेको बताए ।

‘सर्वोत्तम राष्ट्रिय हितको लागि अब आवश्यक छ, दूरदर्शी राजनीतिक स्थिरता र व्यापक राष्ट्रिय एकताको । त्यसका लागि सरकार स्तरीय औपचारिक संवादमात्र पर्याप्त छैन । पूर्वप्रधानन्यायाधीश तथा राष्ट्रिय ख्यातिप्राप्त स्वतन्त्र व्यक्तिहरू सम्मिलित “संविधान सुधार सुझाव आयोग” गठन गरी, त्यसको सिफारिसका आधारमा सर्वपक्षीय गोलमेच सम्मेलनमार्फत प्रमुख राष्ट्रिय एजेन्डा हरुमा सहमतिका साथ संविधान संशोधन गर्नु आजको अनिवार्य राष्ट्रिय आवश्यकता हो। सरकार यसतर्फ यथाशीघ्र गम्भीर बन्नुपर्छ । देशलाई सँधैको उपलब्धिविहिन विवाद र वितण्डाबाट मुक्त गर्दै वृहत राष्ट्रिय एकता, जनतालाई सहज शान्ति सुरक्षा, समृद्धि, अमनचैन दिलाउन राष्ट्रका सबैको पक्षको योगदान बाट मात्र सम्भव हुन्छ,’ नेता केसीले भनेका छन् ।

नेता केसीले देशमा देखिएको चौतर्फी संकट, अविश्वास र व्यापक निराशाबाट ग्रसित रहेको अवस्थामा यथास्थितिमा निर्वाचनले मात्रै वर्तमान समस्या समाधान गर्न नसक्ने जोड दिँदै नेता केसीले संविधान संशोधनको प्रस्ताव गरेका हुन् ।

‘आज देश चौतर्फी संकट, अविश्वास र व्यापक निरासाबाट ग्रसित छ। यसको कारण पहिचान गर्दै समाधानको स्पष्ट बाटो खोज्नु आजको प्रमुख कर्तव्य हो । केवल यथास्थितिमा संसदीय निर्वाचन वा प्राविधिक उपायले मात्र चाङ लागेर रहेका यी जटिल समस्याको दीगो समाधान गर्न सक्दैन उल्टै अस्थिरता झन बढ्ने जोखिम देखिन्छ । टालटुले उपायले दशकौँदेखिको अस्थिरताको चक्र तोडिँदैन,’ उनले भनेका छन् ।

त्यसो त नेता केसीले नेपालको परिवर्तनका लागि २०७७ को ‘मकै पर्व’ देखि जेनजी आन्दोलनसम्मका घटनाक्रमको चर्चा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?