काठमाडौं । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा थुनामुक्त भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टीको मुल जिम्मेवारीमा फर्किएका छन् ।
आइतबार बनस्थलीको चमतीस्थित पार्टी कार्यालयमा उपसभापति एवं कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी) अर्याल लगायतका नेताहरुले रविलाई स्वागत गरेका हुन् ।
उच्च अदालत तुलसीपुरले रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । यसअघि जिल्ला अदालत रुपन्देहीले धरौटीमा रिहा गर्न आदेश दिएकोमा लामिछानेले साधारण तारेखमा छाड्नुपर्ने मागसहित निवेदन दिएका थिए । तर अदालतले थुनामै राख्ने आदेश दिएपछि लामिछानेले पुनः जिल्ला अदालतले गरेको आदेश बमोजिम धरौटीमा रिहा हुनुपर्ने मागसहित उच्च अदालतमा निवेदन दिएका थिए । सोही अनुसार शुक्रबार थुनामुक्त भएका रवि पार्टीको मूल जिम्मेवारीमा फर्किएका हुन् ।
आज दिउँसो लामिछानेलाई रास्वपा कार्यकर्ता तथा रास्वपा समर्थकहरुले घण्टीघर बनस्थलीमा स्वागत गरेका हुन् । साथै कार्यवाहक सभापति अर्यालले रविको कार्यकक्षमा फूल दिएर स्वागत गरेका हुन् ।




सबै तस्बिर : रास्वपा प्रवक्ता मनिष झा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया