काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी छाडेर जाने नेताहरुप्रति आफ्नो सधैँ सम्मान रहने बताएका छन् ।
थुनामुक्त भएपछि करिब ८ महिनापछि पार्टी कार्यालय बनस्थलीमा उपस्थित कार्यकर्ता तथा शुभेच्छुकहरुलाई सम्बोधन गर्दै सभापति लामिछानेले सो बताएका हुन् ।
यसबिचमा रास्वपाबाट सन्तोष परियार र सुमना श्रेष्ठ बिदा भएका थिए । पार्टी निर्माण र संसदमा समेत राम्रो भूमिका खेलेका दुवै नेताहरुले पार्टी छाड्दा रास्वपामाथि थप क्षति भएको आँकलन गरिँदा रविले दुवै नेताहरुले पार्टीमा ठूलो गुन लगाएको जिकिर गरे ।
‘यात्राको दौरानमा हामीले सबै साथीभाईहरुलाई समेट्न सकेनौँ होला, तर उहाँहरुले हाम्रो पार्टीमा दिनुभएको योगदानको म सधैँ स्मरण गरिरहनेछु र सधैँ म उहाँहरुलाई धन्यवाद दिइरहनेछु । हामीले केही गर्न सकेनौँ तर तपाईँहरुले हाम्रो लागि धेरै गुन लगाएर जानुभएको छ, हामीलाई धेरै सिकाएर जानुभएको छ, हामीलाई धेरै उपलब्धीहरुमा साथ दिनुभएको छ । हामीले धेरै केही गर्न नसके पनि उहाँहरुले दिनुभएको योगदान त हाम्रो मनमा छ नि, यात्राका क्रममाआफ्नै वा जे कारणले भए पनि छुट्टिएर जानुभएका साथीहरुलाई म शुभकामना अभिव्यक्त गर्न चाहन्छु,’ उनले भने ।
त्यस्तै पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले जेनजी आन्दोलनका क्रममा जलेका सिंहदरबार बनाउने मात्र नभइ त्यसभित्रको संरचना पनि बदल्नुपर्नेमा जोड दिए ।
‘सिंहदरबार बनाएर मात्रै हुँदैन, सिंहदरबार बदल्न बाँकी छ । हाम्रो पुस्ताले भत्किएका संरचना बनाउने मात्र छैन बदल्नुपनि पर्ने छ,’ उनले भने ।
आफ्नो अनुपस्थितिमा पार्टीलाई क्रियाशील बनाएको भन्दै लामिछानेले कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी अर्याल) लगायत नेताहरुलाई धन्यवाद दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया