भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

लोकपथ
84
Shares

ताप्लेजुङ ।  बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पाको घाँटीमा गोली लागेर आज बिहान मृत्यु भएको हो । 

स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको  जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?