२०७८,श्रावण,१०,आईतवार

सीपी मैनालीको नेतृत्वमा प्रगतिशील लोकतान्त्रिक गठबन्धन निर्माण

२०७४,कार्तिक,२३,बिहीवार ००:४९


काठमाडौँ, २२ कात्तिक – नेकपा (माले), जनसमाजवादी पार्टी तथा फोरम लोकतान्त्रिक, राष्ट्रिय जनता पार्टी नेपाल, नेकपा (एमाले) तथा नेपाली काँग्रेस परित्याग गरेका नेता कार्यकर्ता सम्मिलित प्रगतिशील लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको छ रिपोर्टस क्लबमा आज आयोजित पत्रकार सम्मेलनमा मालेका महासचिव सिपी मैनालीले सो जानकारी दिए । मैनालीको नेतृत्वमा रहेको नवगठित प्रगतिशील लोकतान्त्रिक गठबन्धनमा जनसमाजवादी पार्टीका अध्यक्ष सुभाष काफले, नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय उपाध्यक्ष धिरेन्द्र झा, केन्द्रीय सदस्य दीपककुमार लाभ, राजपा पर्साका सत्यनारायण रौनियार, जिल्ला उपाध्यक्ष सन्तोषकुमार साह, सो पार्टीको पर्सा जिल्ला महिला संगठनका अध्यक्ष अनिता रौनियार, एमाले बाराका सदस्य शिवनाथ महतो, नयाँ शक्ति पार्टी नेपालका किसुन राउत अहित तथा तरुण दल जिल्ला सदस्य जितेन्द्रकुमार सिंह आबद्ध भएका छन् उनीहरुले संयुक्त विज्ञप्ति जारी गरी आफ्नो स्वार्थ मात्र हेर्ने संकीर्ण नीतिबाट आजित भएर आफूहरुले नयाँ गठबन्धन बनाएको र मालेको चुनाव चिह्न हँसिया तारा लिएर निर्वाचनमा जाने उल्लेख गरेका छन् सो अवसरमा महासचिव मैनालीले मुलुकको आर्थिक विकासका लागि भन्दा पनि सत्ता स्वार्थका लागि वामपन्थी र लोकतान्त्रिक गठबन्धन बनाएको आरोप लगाउँदै ती गठबन्धनबाट देशको हित नहुने भएकाले आफूहरुले प्रगतिशील गठबन्धन निर्माण गरेको दाबी गरे ।

प्रकाशित मिति: २०७४,कार्तिक,२३,बिहीवार ००:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

सोमबारदेखि मनसुन सक्रिय हुने
 २०७८,श्रावण,१०,आईतवार १६:३३
धादिङमा २० वर्षीया युवती मृत फेला
 २०७८,श्रावण,१०,आईतवार १५:४२