काठमाडौं । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले योग र ध्यान समाजमा फैलाउन सकिए भ्रष्टाचार हटाउन सहयोग पुग्ने बताएका छन् ।
विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री पुनले मन शुद्ध पार्न वर्तमान समाजमा ठुलो आवश्यकता रहेको उल्लेख गर्दै भने, ‘मन शुद्ध भएन भने लोभ, लालसा र घमण्ड बढ्छ । त्यो नै भ्रष्टाचारको माध्यम बन्छ । भ्रष्टाचारीको मनमा घमण्ड, लोभ र लालसा हुन्छ । यसलाई औषधि खुवाएर हटाउन सकिँदैन, तर योग र ध्यानले मन शुद्ध पार्न सक्छ र भ्रष्टाचार घटाउन सहयोग पुग्छ ।’
मन्त्री पुनले योग र ध्यानलाई गाउँ–गाउँमा पुर्याउन सबैले प्रयास गर्नुपर्ने बताए । उनले विद्यालयमा योग र ध्यानलाई अतिरिक्त क्रियाकलापको रूपमा अघि बढाउने निर्देशन दिइसकेको पनि जानकारी दिए । उनका अनुसार, ‘योग विषय पढाउने होइन, गराउने विषय हो । विद्यालयमा शुक्रबारको दिनलाई पढाइको दिन होइन, अतिरिक्त क्रियाकलापको दिनको रूपमा अघि बढाउनुपर्ने कुरा उठाएको छु ।’
उनले ध्यान र योगले मात्र व्यक्तिको मन शान्त र शुद्ध हुने र यसबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया