चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छ : मन्त्री गौतम

लोकपथ
77
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धतिलाई सरकारको महत्त्वपूर्ण अंग र कार्यक्रमका रूपमा अघि बढाएको जानकारी दिएकी छन् ।

विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री गौतमले भनिन् ,‘आयुर्वेद र परम्परागत चिकित्सा पद्धतिको नेतृत्व स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिरहेको छ । उनले परम्परागत चिकित्सा पद्धति सम्बन्धी कुनै पनि मन्त्रालयको नेतृत्व नभएको भन्ने गुनासो आए पनि, स्वास्थ्य मन्त्रालयले यसको समग्र जिम्मेवारी लिएको जिकिर गरिन्।

मन्त्री गौतमले भनिन्, ‘परम्परागत चिकित्सा पद्धतिलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महत्त्वपूर्ण अंग र कार्यक्रमका रूपमा अघि बढाएको छ। त्यसका लागि यथोचित बजेट विनियोजन गरिएको छ। हजारौँ स्वास्थ्यकर्मी यस क्षेत्रमा कार्यरत छन् र सयौँ चिकित्सालयहरू सञ्चालनमा छन्।’ उनले सचिव र आयुर्वेद विभागका महानिर्देशक पनि कार्यक्रममा उपस्थित रहेको जानकारी गराइन् ।

उनले आयुर्वेद, योग, ध्यान, धामी र झाँक्री लगायतका परम्परागत चिकित्सा पद्धतिहरू समावेश रहेको बताए र यसको जानकारी लिन इच्छुकहरूले आयुर्वेद विभागमार्फत जानकारी पाउन सक्ने पनि उल्लेख गरिन् । 

मन्त्री गौतमले राष्ट्रिय नीतिमा, स्वास्थ्य मन्त्रालयको स्वास्थ्य नीति तथा पञ्चवर्षीय रणनीति र कार्यनीतिहरूमा आयुर्वेदका कार्यक्रमहरू समावेश गरिएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?