विराटनगर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोड नगरपालिका-६ गिरीबन्धु टि-स्टेट नजिक आइतबार साँझ मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल साँझ ५:३० बजे अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा झापाको भद्रपुर नगरपालिका वडा नं.९ का २५ वर्षीय भूपाल अधिकारी र भद्रपुर-७ का २५ वर्षीय शीर्षक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते उनीहरूलाई तत्काल बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो, तर चिकित्सकले अस्पताल पुर्याए लगत्तै मृत घोषणा गरेका थिए ।
प्रहरीले घटनाको थप विवरण पत्ता लगाउन अनुसन्धान जारी राखेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया