दार्चुलामा जिप दुर्घटना : एक जनाको मृत्यु

लोकपथ
49
Shares

धनगढी । दार्चुलामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मार्मा गाउँपालिका–३ को भैसे बगरमा सुदूरपश्चिम प्रदेश ०१–००१ च २६०४ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा २२ वर्षीय केशवराज जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार, जोशी जिप दुर्घटना भएपछि गाडीले च्यापिएको अवस्थामा भेटिएका थिए । उनको उद्धार गरेर उपचारका लागि मार्मा आधारभूत स्वास्थ्य चौकीमा लगिएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको डिएसपी जोराले जानकारी दिए ।

दुर्घटनामा संलग्न चालक, मार्मा गाउँपालिका–६ बस्ने २६ वर्षीय माधव महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार, जिप अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?