निर्वाचन नभए संसद पुनस्थापना गर्नुपर्छ : प्रकाशमान सिंह

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले फागुन २१ गते निर्वाचन हुन नसके संसद पुनःस्थापना गर्नुपर्ने बताएका छन् ।

 शनिबार काठमाडौं निर्वाचन क्षेत्र नं.१ मा आयोजित कार्यक्रममा उनले संविधान ट्रयाकबाट बाहिर गएको अवस्थामा निर्वाचन नै संविधानलाई सही मार्गमा ल्याउने उत्तम माध्यम भए पनि, यदि निर्वाचन हुन नसके संसद पुनःस्थापना विकल्प खुला राख्नुपर्नेमा जोड दिएका हुन् ।

सिंहले हालको सरकार तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने दाबी गरेको भए पनि सुरक्षा व्यवस्थाको अवस्था हेर्दा त्यसको सम्भावना कम रहेको बताए । उनले पार्टीको महाधिवेशनमा पनि केन्द्रित हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

उनका अनुसार, पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका लामो छलफलपछि सर्वसम्मत रूपमा तय भएको छ। उनले पार्टीको विधान अनुसार महाधिवेशन हुनुपर्ने र विधि नपुरा गरी अघि बढाउन नहुनेमा जोड दिए । सिंहले भने, ‘महाधिवेशन पनि एक किसिमले फागुन २१ गतेको आमनिर्वाचन जस्तै पार्टीभित्रको निर्वाचन हो । क्रियाशील सदस्यता पूरा भएपछि मात्रै महाधिवेशन सुरु हुन्छ ।’

सिंहले आगामी निर्वाचनमा पार्टीले खटाएको उम्मेदवारलाई जिताउन सबै नेता तथा कार्यकर्ताले एकजुट भएर लाग्नुपर्ने निर्देशन पनि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?