काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका शहीद परिवारसँग भेटवार्ता गरेका छन् ।
शनिबार चितवनबाट काठमाडौं फर्किएका लामिछाने बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुगेका थिए । यहाँ उनीहरूले आन्दोलनका शहीद परिवारसँग छलफल गरेका हुन् ।
छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले जेनजी आन्दोलनका क्रममा केही युवाहरूको हत्या भएको आरोप लगाए । उनले शहीद परिवारको न्यायका लागि आफ्नो पार्टी लड्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले सुशासन कायम गर्ने दिशामा सरकारलाई रास्वपाको पूर्ण समर्थन रहेको समेत बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया