चितवनमा रविले भने : पुरानाले दुःख दिए, नयाँले दिँदैनौँ

लोकपथ
84
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासनको डण्डा चलाउँदै समयमै निर्वाचन सम्पन्न गर्न सरकारसँग आग्रह गरेका छन् ।

चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले मुलुकको भविष्यलाई ध्यानमा राखेर अबका राजनीतिक कदम चाल्नुपर्ने अवस्था आएको बताए । उनले भत्किएका संरचना पुनर्निर्माण गर्नुपर्ने र टुटेका सपनालाई जोड्दै जनतामा आशा जगाउनु आजको मुख्य आवश्यकता भएको उल्लेख गरे ।

पुराना राजनीतिक दलहरूले जनतालाई दुःख दिएको आरोप लगाउँदै लामिछानेले नयाँ राजनीतिक शक्तिले त्यस्तो दुःख नदिने दाबी गरे । ‘मुलुकको भविष्यलाई सोचेर हामीले कदम अघि बढाउनुपर्छ । भत्किएका संरचना बनाउनुपर्छ, टुटेका सपनाहरूलाई आवाज दिनुपर्छ,‘उनले भने, ‘पुरानाले दुःख दिए पनि आजका नयाँहरूले दुःख दिने छैनन् ।

आगामी निर्वाचनलाई देशको भविष्यसँग जोडिएको महत्त्वपूर्ण अवसरका रूपमा उल्लेख गर्दै उनले जनताको साथ, विश्वास र मायाका साथ मुलुकलाई नयाँ दिशातर्फ लैजाने प्रतिबद्धता व्यक्त गरे ।

सभाका क्रममा उनले प्रधानमन्त्रीको अनुहारमा ‘अँध्यारोपन’ देखिएको टिप्पणी गर्दै त्यसलाई उज्यालो बनाउँदै जनताको आशा र भरोसा जगाउने काम गर्न आग्रहसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?