सरकार र महानगरलाई प्रचण्डले भने– ‘खुला मञ्च खुला गरियोस्’ 

लोकपथ
210
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले खुला मञ्च खुला गर्न सरकारसँग माग गरेका छन् । शनिबार काठमाडौंमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् । 

उनले एक लाख मानिस अट्ने मैदान नहुनु लज्जाको विषय भएको बताए । उनले एक लाख मानिसहरू राजनीतिक दलले उतारेर कार्यक्रम गर्न नपाउनु अपमानजनक विषय भएको बताए । काठमाडौं उपत्यकाका अन्य स्थानहरू राजनीतिक दलहरूलाई कार्यक्रम गर्न सानो भएको उनको भनाइ छ । 

उनले भने, ‘सबैभन्दा पहिला त म नेपाल सरकार र महानगरपालिकालाई यो खुला मञ्च खुला गर्नको लागि आग्रह गर्न चाहन्छु, जोडदार ढंगले सम्पूर्ण जनसमुदायको तर्फबाट तपाईंहरुलाई आग्रह गर्दछु । किनकी यो नेपाल राष्ट्रकै निम्ति अपमानको विषयको हो । एउटा एक लाख मानिस जम्मा भएर बस्ने चौर हामीकहाँ नहुनु नेपाल देशकै निम्ति लज्जाको विषय भएको छ । महानगरपालिकाको जिम्मेवारी लिएका प्रतिनिधि र सरकारलाई सबैभन्दा पहिला जोडदार माग गर्न चाहन्छु ।’

संयोजक दाहालले सबै वामपन्थी कम्युनिस्टहरू एकताबद्ध हुनुपर्ने बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?