एमालेको नवनिर्वाचित नेतृत्वलाई विद्याको बधाई– जबजको जीवन्त अभ्यास गरेको टिप्पणी

लोकपथ
161
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहितका पदाधिकारी र सदस्यहरूलाई बधाई दिएकी छन् ।

एमालेकी पूर्वउपाध्यक्षसमेत रहनुभएकी भण्डारीले लोकतान्त्रिक प्रतिस्पर्धाको माध्यमबाट पार्टीले नयाँ नेतृत्व चयन गर्नु आफैँमा एमालेको सङ्गठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवादको जीवन्त अभ्यास भएको बताएकी छन् ।

भण्डारीले जारी गरेको सन्देशमा भनिएको छ, ‘यस महाधिवेशनमा विचार, निष्ठा र पद्धतिप्रति प्रतिबद्ध रहँदै प्रतिस्पर्धामा सहभागी हुनुभएका सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति हार्दिक धन्यवाद। लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक र आवश्यक प्रक्रिया हो, जसले संस्थालाई थप सुदृढ र जीवन्त बनाउँछ। निर्वाचित नयाँ नेतृत्वले पार्टीले अवलम्बन गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’को मार्गदर्शनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व र सङ्गठनात्मक एकतालाई अझ सुदृढ बनाउँदै पार्टीलाई अघि बढाउने विश्वास लिएको छु ।’

पूर्वराष्ट्रपति भण्डारीको यो सन्देशले पार्टीभित्रको लोकतान्त्रिक प्रक्रिया र नयाँ नेतृत्वप्रति भरोसा व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?