४५ वर्षदेखि सक्रिय कांग्रेस नेता केसीले चुनाव नलड्ने, नयाँ पुस्तालाई अवसर दिने घोषणा

लोकपथ
385
Shares
फाइल तस्बिर

काठमाडौं ।  नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आउँदो प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् । करिब ४५ वर्ष लामो प्रत्यक्ष निर्वाचन यात्रा पछि उनले यसपटक चुनावी राजनीतिबाट अलग हुने निर्णय गरेका हुन् ।

केसीले २०३८ सालदेखि नुवाकोटबाट निरन्तर चुनावी प्रतिस्पर्धा गर्दै आएका थिए । उनले अघिल्लो निर्वाचनमा नै मत माग्दै यो अन्तिम पटक भएको बताएका थिए । उनले नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवश्यकता महसुस गर्दै यो निर्णय लिएको बताएका छन् ।

केसी २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका थिए भने २०४३ सालको निर्वाचनमा पराजित भए पनि सोही अवधिमा जिल्ला पञ्चायत सभापति बनेका थिए । त्यसपछि २०४८ सालदेखि भएका प्रतिनिधिसभाका छ वटा निर्वाचनमा उनले सहभागिता जनाएका थिए ।

उनको दीर्घकालीन राजनीतिक योगदानलाई दृष्टिगत गर्दा केसीको चुनाव नलड्ने निर्णयलाई नुवाकोटसहित कांग्रेस वृत्तमा अर्थपूर्ण रूपमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?