काठमाडौं । नेपाली हस्तकला, संस्कृति र समकालीन फेसनको अनौठो मिश्रण प्रस्तुत गर्ने ‘बाटिक शो : द फ्युजन एडिसन २०२५’ आयोजना भएको छ ।
इम्पावर इभेन्ट्सद्वारा क्यूरेटेड यो कार्यक्रमले नेपाली परम्परागत बाटिक शैलीलाई आधुनिक फेसनसँग जोडेर नयाँ आयाम दिने प्रयास गरेको छ । कार्यक्रममा नेपालका चर्चित मोडलहरू नीति शाह, सनिशा भट्टराई, प्रेमा लाम्गादेसहित अन्य धेरै सेलिब्रेटी व्यक्तित्वहरूले र्याम्पमा आफ्नो प्रस्तुति दिएका थिए ।

बाटिकका रंगीन र जटिल डिजाइनहरूले सजिएका पहिरनहरूले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो ।
यो शोले नेपाली हस्तकलालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने र युवा पुस्तालाई परम्परागत कला प्रतिको आकर्षण बढाउने लक्ष्य राखेको आयोजकहरूले बताएका छन् । बाटिक शोले नेपाली ढाका कपडाहरूलाई फ्युजन स्टाइलमा प्रस्तुत गरेको थियो ।

जसमा आधुनिक कट र डिजाइनहरूको समिश्रण देख्न सकिन्थ्यो । यस्ता फ्युजन फेसन शोहरूले नेपालको सांस्कृतिक धरोहरलाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् ।
यो इभेन्टले नेपाली फेसन उद्योगलाई नयाँ उचाइ दिने विश्वास गरिएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया