ओलीको दाबी– ‘एमालेमा कुनै प्यानल छैन’

लोकपथ
182
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा प्रतिष्पर्धा भए पनि पार्टीमा कुनै प्यानल नरहेको दाबी गरेका छन् ।

शुक्रबार नवनिर्वाचित केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै ओलीले सो दाबी गरेका हुन् ।

एमालेले ११औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको बैठक बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजना गरेको थियो ।
सो बैठकमा बोल्दै ओलीले महाधिवेशनमा प्यानल बनाएर प्रतिष्पर्धा गरे पनि अब कुनै प्यानल नरहेको बताए ।

‘महाधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धा पनि भयो । तर अब केन्द्रीय कमिटीमा प्यानल छैन । यो देश हाँक्ने केन्द्रीय कमिटी हो । यसैले एमालेमा अब कुनै प्यानल छैन,’ ओलीले भने ।

ओलीले मुलुक अहिले अप्ठेरो अवस्थामा रहेको भन्दै त्यसको सामना गर्न पार्टीका सबै तहका नेताहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?