काठमाडौं । अर्थ मन्त्रालयले छानबिनका लागि निर्देशन दिए लगत्तै धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आईपीओका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ । बोर्डले बिहीबार बोर्ड सदस्य विनोद कुमार भट्टराईको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।
रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ प्रक्रियाबाट प्रिमियम मूल्यसहित सेयर निष्कासन गर्ने सम्बन्धमा भएका काम कारबाहीका बारे गुनासो र उजुरी आएको भन्दै अर्थ मन्त्रालयले पुस १ गते धितोपत्र बोर्डलाई छानबिन गर्न निर्देशन दिएको थियो । पुस ३ गते बोर्डमा पत्र दर्ता भएसँगै शुक्रबार बोर्डको बैठकबाट बोर्ड सदस्य विनोदकुमार भट्टराईको संयोजकत्वमा एक समिति गठन गरेको हो । समितिमा आनन्दराज शर्मा वाग्ले र पीताम्बर भण्डारी सदस्य रहेका छन् ।

समितिलाई १५ दिनको समय दिएर बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासन गर्न दिँदा विद्यमान कानुनको पालना गरिएको वा नगरिएको, निष्कासनकर्ता संस्थाको वित्तीय अवस्था लगायतका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न भनिएको छ ।
बोर्डले १५ दिनभित्र प्रतिवेदन दिने गरी समिति गठन गरे पनि आगामी पुस ७ गतेदेखि सर्वसाधारणका लागि जारी हुन लागेको आईपीओ के हुने भन्ने सम्बन्धमा भने कुनै निर्णय गरेको छैन । आईपीओ स्थगन गरी प्रतिवेदन बुझेपछि निर्णय गर्ने कि आईपीओ पनि जारी गरेर प्रतिवेदन प्राप्त भएपछि निर्णय गर्ने भन्ने सम्बन्धमा कुनै निर्णय नगरी बोर्डले समिति गठन गरेको हो ।
गोल्यान समूहको रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बुक बिल्डिङ प्रक्रियाबाट जारी हुन लागेको हो । यसअघि नै संस्थागत लगानीकर्ताबाट ९१२ रुपौयँ र वैदेशिक रोजगारीमा रहेकाहरूबाट ८२० रुपैयाँ ८० पैसाका दरले प्रिमियमसमेत उठाई आईपीओ बाँडफाँड भइसकेको छ । अब सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेकामा छानबिन समिति गठन भएलगत्तै तत्कालै सर्वसाधारणका लागि आईपीओ जारी हुने सम्भावना क्षीण भएको छ ।
यो पनि ….
रिलायन्स स्पिनिङ मिल्स आईपीओ प्रकरण : छानबिनको नाममा ‘चोरलाई नै सम्पत्तिको साँचो’ !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया