रुपन्देहीमा १७ वर्षीय युवकको बीभत्स हत्या

लोकपथ
238
Shares

काठमाडौं । रुपन्देहीको कञ्चन गाउँपालिका–३ धौलागिरि चोकका १७ वर्षीय ईशान शर्मा पौडेलको बीभत्स हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, बिहीबार साँझ हत्या गरिएको अवस्थामा ईशानको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीले टाउकोमा प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको र घटनामा संलग्नहरूको खोजी जारी रहेको बताए ।

ती युवक बुधबार साँझ ८ बजेदेखि सम्पर्कविहीन रहेकोमा खोजी गर्दै जाँदा बिहीबार साँझ करिब ६ बजे तिर स्थानीयले नालीमा शव फेला पारेका थिए । 

स्थानीयको खबरपछि प्रहरी तत्काल घटनास्थल पुगेको थियो । इलाका प्रहरी कार्यालय रूद्रपुरको टोलीले शवको मुचुल्का उठाइ शवलाई पोस्टमार्टमका लागि बुटवल पठाएर घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ । 

ईशान स्थानीय अर्जुन र रमा शर्मा पौडेलका एक मात्र छोरा हुन् । उनी स्थानीय बुद्धदीप बोर्डिङ स्कुलमा कक्षा ११ मा अध्ययनरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?