जेनजी आन्दोलनमा भागेका २ कैदी पक्राउ

लोकपथ
84
Shares
एआई तस्बिर

काठमाडौं ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट फरार भएका दुई जनालाई पक्राउ गरेको छ ।

मानव बेचबिखन र अपहरण शरीर बन्धक डाका र सङ्गठित अपराध मुद्दामा सुन्धारा कारागारमा कैद भुक्तान गरिरहेका काठमाडौं टोखाका श्यामलाल डङ्गोल र नुवाकोट शिवपुरीका विनोद गौतमलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।

कारागारबाट फरार रहेका र उपत्यकाका विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा ब्युरोबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा पेस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?