काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले यमनमा बढ्दो तनावलाई न्यूनीकरण गर्न सबै पक्षलाई संयम अपनाउन आह्वान गरेका छन् ।
सुरक्षा परिषद्लाई गोप्य ब्रिफिङ दिएपछि पत्रकारहरूसँग कुरा गर्दै महासचिव गुटेर्रेसले यमनको अवस्था दिनानुदिन जटिल बन्दै गएको बताए। उनका अनुसार पूर्वी प्रान्तहरूमा देखिएका नाटकीय नयाँ विकासले देशको समग्र सुरक्षा र मानवीय अवस्थालाई थप चुनौतीपूर्ण बनाएको छ ।
गुटेर्रेसले यमनमा करिब ४८ लाख मानिस घरबाट विस्थापित भएको र १ करोड ९५ लाख मानिसलाई तत्काल मानवीय सहायता आवश्यक रहेको जानकारी दिए। यद्यपि, मानवीय सहायता तथा शान्ति प्रयासहरू गम्भीर अवरोधको सामना गरिरहेको उनले बताए ।
विशेष गरी हुथी नियन्त्रित क्षेत्रहरूमा मानवीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूका लागि सञ्चालन वातावरण असह्य बन्दै गएको महासचिवको भनाइ छ। यस्तो अवस्थाले पीडित नागरिकसम्म सहायता पुर्याउने प्रयासमा ठुलो असर परिरहेको उनले उल्लेख गरे ।
महासचिव गुटेर्रेसले यमनी पक्षहरू यसअघि शान्ति प्रक्रियाको नजिक पुगेको स्मरण गराउँदै संवाद र कूटनीतिक प्रयासमार्फत द्वन्द्व समाधानतर्फ फर्कन सबै पक्षलाई आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया