चुनावमा पैसा बाँड्नेहरु सक्रिय

भक्तपुर, २२ कात्तिक – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न निर्वाचनमा विपक्षीसँग डटेर सामना गर्ने बताएका छन् पार्टीले भक्तपुरमा आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले नेमकिपा कुनै पनि ठाउँमा झुकेर नबस्ने बताए । चुनावमा पैसा बाँड्ने, प्रलोभनमा पार्ने र गुण्डागर्दीबाट चुनाव जित्न खोज्ने सक्रिय रहेको चर्चा गर्दै उनले त्यस्ता दल र उम्मेदवारहरुलाई परास्त गर्नुपर्नेमा जोड दिए सभामा नेमकिपा केन्द्रीय सचिव एवं प्रतिनिधिसभा भक्तपुर क्षेत्र नं १ का उम्मेदवार प्रेम सुवाल, केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, क्षेत्र नं २ का उम्मेदवार अनुराधा थापामगर, क्षेत्र नं २ (क) का उम्मेदवार सरोजराज गोसाईँ, क्षेत्र नं १(ख) का उम्मेदवार सुरेन्द्रराज गोसाईँ, क्षेत्र नं १ (क) का उम्मेदवार नीरज लवजू र क्षेत्र नं २ (ख) का उम्मेदवार प्रेमजन थापालगायतले चुनावमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?